Online Nepal बिहिबार, बैशाख १३ २०८१

क्रोएसिया फिफा विश्वकप २०२२ मा तेस्रो

क्रोएसिया फिफा विश्वकप २०२२ मा तेस्रो


मध्यान्तर
  • आइतबार, पुष ३ २०७९

  • DOHA, QATAR - DECEMBER 17: Josko Gvardiol of Croatia celebrates after scoring the team's first goal during the FIFA World Cup Qatar 2022 3rd Place match between Croatia and Morocco at Khalifa International Stadium on December 17, 2022 in Doha, Qatar. (Photo by Michael Regan - FIFA/FIFA via Getty Images)

    काठमाडौं । क्रोएसिया फिफा विश्वकप २०२२ मा तेस्रो भएको छ। शनिबार राति कतारको खालिफा अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा अफ्रिकन टिम मोरक्कोलाई २-१ गोलले पराजित गर्दै क्रोएसिया तेस्रो भएको हो।

    खेलको सातौं मिनेटमा क्रोएसिया खेलमा अग्रता लिएको थियो। क्रोएसियाका लागि जोस्को ग्भार्डिओलले गोल गरेका थिए।

    दुई मिनेटपछि नै मोरक्कोले बराबरी गोल फर्कायो। अर्चरफ डारीले क्रोएसियाका लागि नौं मिनेटमा बराबरी गोल गरेका थिए।

    ४२ मिनेटमा क्रोएसियाले खेलमा दोस्रो पटक अग्रता लियो। मिस्ला ओरसिकले डिबक्स बाहिरबाट हानेको प्रहारलाई मोरक्कोका गोलकिपरले ठम्याउन सकेनन्।

    विश्वकपमा क्रोएसिया गत संस्करणमा उपविजेता बनेको थियो। मोरक्कोको भने यो अहिलेसम्मकै उत्कृष्ट नजिता हो। यस्तै मोरक्कोले सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकन र अरब टिमको रेकर्ड समेत बनाएको थियो।

     

    प्रतिक्रिया
    थप समाचार