Online Nepal शुक्रबार, बैशाख ७ २०८१

थाइल्यान्डमा पानीजहाज डुब्दा कम्तीमा ३१ जना बेपत्ता

थाइल्यान्डमा पानीजहाज डुब्दा कम्तीमा ३१ जना बेपत्ता


मध्यान्तर
  • मंगलबार, पुष ५ २०७९

  • काठमाडौं । थाइल्यान्डको दक्षिणपूर्वी तटमा सोमबार पानीजहाज डुब्दा कम्तीमा ३१ जना नाविक बेपत्ता भएका छन् । थाई नौसेनाका  अनुसार ‘एचटीएमएस सुखोथाई’ पानीजहाजमा एक सय जनाभन्दा बढी नौसैनिक थिए । थाइल्यान्डको खाडीमा गस्ती गरिरहेका बेला दक्षिणी प्राचुआप खिरी खानको बाङ सफान किनार नजिकै रहेको बेला जहाजको इलेक्ट्रोनिक प्रणालीमा क्षति पुगेपछि दुर्घटना भएको थियो ।

    जहाजमा रहेका १०६ जनामध्ये ७५ जनालाई दुईवटा हेलिकोप्टर, दुईवटा फ्रिगेट र एउटा पानी जहाजको सहयोगमा उद्धार गरिएको  । बिहान ७ बजेदेखि सुरु भएको खोजी तथा उद्धार कार्य जारी छ । घटनापछि उद्धार गरिएका ११ जना नौसैनिकको बाङ सफान अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

     

     

    प्रतिक्रिया
    थप समाचार