Online Nepal शुक्रबार, चैत्र १६ २०८०

द भ्वाइस अफ नेपाल’को चौथो सिजनका विजेता बने करण राई

द भ्वाइस अफ नेपाल’को चौथो सिजनका विजेता बने करण राई


मध्यान्तर
  • शनिबार, पुष ९ २०७९

  • काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनका विजेता करण राई बनेका छन् । शुक्रबार राति भएको ग्राण्ड फिनालेमा उनले नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरे ।

    करणले टिम राजुबाट प्रतिस्पर्धा गरेका थिए । टिम राजेश समूहबाट सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित भइन् ।

    टिम प्रमोदबाट योगेश मगर सेकेण्ड रनरअप घोषित भए । टिम प्रविशाबाट शाइल लिम्बू थर्ड रनरअप बने । दर्शकको भोटको आधारमा विजेता घोषित गरिएको जनाइएको छ ।

    विजेता बनेका करणले नगद २५ लाखसहित पल्सर एन१६० मोटरसाइकल, साढे दुई तोला सुनको सिक्री, ग्यालेक्सी जेड फोल्ड फोन पुरस्कार प्राप्त गरे । अन्तिम ११ मा पर्न सफल ट्यालेन्टले गायकी प्रस्तुत गरेका थिए । जित हासिल गरेपछि करणले सांगीतिक करिअरलाई निरन्तरता दिने अझै मिहिनेत गर्ने बताए ।

    प्रतिक्रिया
    थप समाचार