Online Nepal शनिबार, बैशाख ८ २०८१

आजदेखि भन्सार घोषणा नभएका मोबाइल बन्द हुने

आजदेखि भन्सार घोषणा नभएका मोबाइल बन्द हुने


मध्यान्तर
  • शुक्रबार, पुष १५ २०७९

  • काठमाडौं । आजदेखि भन्सार घोषणा नभएका मोबाइल बन्द हुने जनाएको छ । यस अघि नै मोबाइल दर्ता गर्न आह्वान गरेको  नेपाल दूरसञ्चार  प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्णरूपमा कार्यान्वयनमा ल्याउने जनाएको छ ।

    मोबाइल सेटको गैरकानुनी आयात, बिक्री तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ र ब्लकिङ गर्न प्राधिकरणले यसअघि परीक्षणका रूपमा एमडीएमएस लागु गरिएको जनाएको छ ।

    नियमानुसार भन्सारमा घोषणा नभएको मोबाइल फोन सेट आजदेखि दर्ता नगरिने र यस्ता मोबाइल सेट सञ्चालनमा समेत रोक लगाइने जनाइएको छ । व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेट प्रज्ञापनपत्रसहित राहदानी÷नागरिकता÷राष्ट्रिय परिचयपत्रका आधारमा मात्र एमडीएमएसमा गई दर्ता गर्न प्राधिकरणले अनुरोध गरेको छ ।

    नेपालभित्रै मोबाइल खरिद गर्दा पनि खरिद मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणालीमा दर्ता भए वा नभएको यकिन गर्न सकिने प्राधिकरणले जनाएको छ । यकिन गरेर मात्र खरिद गर्न साथै मोबाइल आयातकर्ता र बिक्रेताले मोबाइल आयात गर्नुअघि अनिवार्यरूपमा प्राधिकरणको पूर्वस्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइल मात्र बिक्री गर्न प्राधिकरणले आग्रह गरेको छ ।

     

    प्रतिक्रिया
    थप समाचार