Online Nepal बिहिबार, बैशाख १३ २०८१

ई–सेवा मनी ट्रान्सफरले आन्तरिक रेमिट्यान्सको कारोबार नगर्ने

ई–सेवा मनी ट्रान्सफरले आन्तरिक रेमिट्यान्सको कारोबार नगर्ने


मध्यान्तर
  • आइतबार, पुष १७ २०७९

  • काठमाडौं । ई–सेवा मनी ट्रान्सफरले यही आजदेखि आन्तरिक रेमिट्यान्स (विप्रेषण)को कारोबार नगर्ने भएको छ । रेमिट्यान्स कम्पनीको मुख्य काम देशबाहिरबाट विदेशी मुद्रा स्वदेश भित्र्याउनु (इनवार्ड रेमिट) रहेको, आन्तरिक रेमिट्यान्स कारोबारलाई नियामक निकायले कडाइ गर्दै गएको, डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्नुपरेको लगायत कारण आइतबारदेखि आन्तरिक रेमिट्यान्स कारोबार पूर्ण रूपमा बन्द गरेको कम्पनीले बताएको छ ।

    राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीले विदेशबाट रेमिट्यान्समा विदेशी मुद्रा प्राप्त गर्ने कार्य मात्र गर्न पाउने व्यवस्थाको पूर्ण रूपमा पालना गर्नू भनी निर्देशन दिएको छ । उक्त निर्देशनलाई प्रभावकारी कार्यान्वयन गर्नकै लागि पनि आन्तरिक रेमिट्यान्स कारोबार बन्द गरिएको कम्पनीको दाबी छ ।

    पछिल्ला महिनामा राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्स कारोबारमा कडाइ गर्दै आएको छ । सोही क्रममा ०७८ फागुनमा आन्तरिक रेमिट्यान्सको कारोबार सीमा ९मुलुकको एक स्थानबाट अर्को स्थानमा रेमिट्यान्स कम्पनी तथा उसका सब–एजेन्टमार्फत गरिने आन्तरिक रेमिट्यान्स स्थानान्तरण० घटाइएको थियो । त्यसयता प्रत्येक व्यक्तिले प्रतिदिन बढीमा २५ हजार रुपैयाँ मात्र स्थानान्तरण गर्न पाउने व्यवस्था छ ।

    यसअघि यस्तो सीमा प्रतिव्यक्ति प्रतिदिन एक लाख रुपैयाँ थियो । विदेशबाट हुन्डीमार्फत आएको ‘कालो धन’ नेपालमा आन्तरिक रेमिट्यान्सका रूपमा ‘सेतो’ बनाउने क्रम बढेकाले त्यसलाई नियन्त्रण गर्न पनि प्रतिदिन कारोबार सीमा घटाइएको राष्ट्र बैंक स्रोतको दाबी छ । विदेशबाट हुन्डीमार्फत भित्रिएको रकम नेपाल आइसकेपछि आन्तरिक रेमिट्यान्सका रूपमा मुलुकका विभिन्न जिल्लामा जान थालेपछि राष्ट्र बैंकले त्यसमा कडाइ गरेको हो ।

     

    प्रतिक्रिया
    थप समाचार