Online Nepal शुक्रबार, बैशाख ७ २०८१

२०० अर्ब डलर गुमाउने पहिलो व्यक्ति बने मस्क

२०० अर्ब डलर गुमाउने पहिलो व्यक्ति बने मस्क


मध्यान्तर
  • आइतबार, पुष १७ २०७९

  • काठमाडौं ।  टेस्ला तथा ट्विटरका मालिक इलोन मस्क २०० अर्ब डलर गुमाउने संसारका पहिलो व्यक्ति बनेका छन् ।

    ब्लूमबर्ग बिलिनेयर इन्डेक्सका अनुसार, सन् २०२१ मा मस्कको व्यक्तिगत सम्पत्ति २०० अर्ब डलरभन्दा बढी थियो । त्यतिखेर उनले अमेजनका मालिक जेफ बेजोसलाई पनि पछारेका थिए । पछि उनको नेटवर्थ ३०० अर्ब डलर पुगेको थियो ।

    टेस्लाका शेयरहरू घटेपछि मस्कको कुल सम्पत्ति १३७ अर्ब डलरमा आइपुगेको छ । डिसेम्बर २७ मा टेस्लाका शेयरहरूमा ११ प्रतिशतसम्मको गिरावट आएको छ । टेस्लाले आफ्ना दुई लोकप्रिय मोडलहरूका लागि वर्षको अन्त्यसम्म ७५ सय डलर छुट दिएको थियो । अनि उसको शाङ्हाई प्लान्टको उत्पादनमा पनि कमी आएको छ । त्यसले मस्कलाई घाटा लागिरहेको हो ।

    कुनै समयमा मस्कको सम्पत्ति ३४० अर्ब डलर पुगेको थियो । उनी एक वर्षभन्दा बढी समय संसारका सबभन्दा धनी व्यक्ति बनेका थिए । तर डिसेम्बरमा फ्रान्सेली व्यापारी बर्नार्ड अर्नाउ मस्कलाई पछि पारेर सबभन्दा धनी मानिस बनेका छन् ।

    मस्कले केही दिनयता टेस्लाका शेयरहरू लगातार बेचिरहेका छन् । सन् २०२२ मा मात्र टेस्लाका शेयरहरू ६५ प्रतिशतभन्दा बढी झरिसकेका छन् । वर्षको आरम्भमा लगभग ४०० डलर शेयर रहेकोमा अहिले झरेर १२५ डलर पुगेको छ । कम्पनीको मार्केट भ्याल्यु १० खर्ब डलर रहेकोमा अहिले त्यो झरेर ४९५ अर्ब डलरमा आइपुगेको छ ।

    प्रतिक्रिया
    थप समाचार