Online Nepal बुधबार, बैशाख १२ २०८१

बाबालाई हार्बर कलेजको सम्मान

बाबालाई हार्बर कलेजको सम्मान


मध्यान्तर
  • बुधबार, पुष २० २०७९

  • लामो समयदेखी शिक्षा क्षेत्रमा आबद्दता जनाउंदै आएको बाबा ऐजुकेसन कन्सल्टेन्सी सिड्नीमा सम्मानित भएको छ । उच्चशिक्षा हांसिल गर्न अष्ट्रेलिया जान चाहने नेपाली बिध्यार्थीहरूको मन जितिरहेको बाबालाई सिड्नीमा रहेको अष्ट्रेलियन हार्बर इन्टरनेशनल कलेजले सन २०२२ उत्कृष्ट एजेन्टको रूपमा सम्मानित गरेको हो ।

    कलेजबाट यसरी सम्मानित भएपछी बाबा ऐजुकेसन कन्सल्टेन्सी सिड्नी अष्ट्रेलियाका सिइओ रबिन्द्रकुमार शर्माले बाबाको यो सफलतामा बिध्यार्थीहरूको माया, साथ र बिश्वास नै प्रमुख रहेको कुरा बताए । शर्माले आगामी दिनहरूमा पनि शिक्षा क्षेत्रमा सबैको साथ लिएर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन । बिशेष कार्यक्रमको आयोजना गरेर कलेजका तर्फ़बाट मदन कोइराला र दिपेश केसीले शर्मा तथा बाबा एजुकेसन समूहलाइ अवार्ड हस्तान्तरण गरेको थियो। बाबा एजुकेसन कन्सल्टेन्सी हार्बरको स्थापना देखिनै सक्रिय रूपमा काम गर्दै आइरहेको कन्सल्टेन्सी हो ।

    प्रतिक्रिया
    थप समाचार