Online Nepal बिहिबार, चैत्र १५ २०८०

सिटिजन लाइफ इन्स्योरेन्स म्याग्दी शाखाद्धारा १ करोड रुपैयाँ मृत्यु दावि भुक्तानी

सिटिजन लाइफ इन्स्योरेन्स म्याग्दी शाखाद्धारा १ करोड रुपैयाँ मृत्यु दावि भुक्तानी


मध्यान्तर
  • शुक्रबार, पुष २२ २०७९

  • ????????????????????????????????????

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको म्याग्दी शाखाले एक जना दिवंगत विमितका परिवारलाई १ करोड रुपैयाँ मृत्युदावी रकम भुक्तानी गरेको छ । विहिवार बेनीमा आयोजित बीमा सचेतना कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–६ घारका दिवंगत कृष्ण बरुवालको परिवारलाई १ करोड ५० हजार रुपैयाँ रकम हस्तान्तरण गरिएको हो ।

    सिटिजन शुभारम्भ बीमा योजना अन्तरगत गत असार ३१ गते जीवन बीमा गर्नुभएका बरुवालको गत मंसिर २१ गते बेनीमा क्याम्पस भवन निर्माण योजनाको नापजाँचको क्रममा ढिस्कोले पुरिएर मुत्यु भएको थियो । रु ५० लाखको विमालेख पोलिसी खरिद गरेका बरुवालको घरपरिवारलाई बीमाङ्क रकम ५० लाख रुपैयाँ, दुर्घटना मृत्यु लाभ वापतको रकम र ५० लाख रुपैयाँ र किरिया खर्च बापतको ५० हजार रुपैयाँ गरि एकमुष्ठ १ करोड ५० हजार रुपैयाँ रकम हस्तान्तरण गरिएको कम्पनीका म्याग्दी शाखा प्रमुख भावना पौडेल सुवेदीले जानकारी दिए ।

    उनका अनुसार, २० बर्षको पोलिसी खरिद गरेका बरुवालले प्रत्येक बर्ष २ लाख ६५ हजार ३५७ प्रिमियम तिर्ने गरि बीमा गरेका थिए भने एक बर्षको मात्रै रकम उनले भुक्तानी गरेका थिए । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र कम्पनीका ब्राण्ड एम्बेसडरद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले बरुवालका घरपरिवारलाई उक्त मृत्युदावि रकमको चेक हस्तान्तरण गरेका थिए ।

    कार्यक्रममा महजोडीले जीवन बीमा भविष्यको बचत र आपतको सहयोगी भएकाले जीवन बीमाको पहुँच हरेक नागरिकसम्म पु¥याउन जरुरी रहेकोमा जोड दिए । ‘‘मानिसको जीवनको आफैमा भर हुँदैन, नेपालमा स्वास्थ्य उपचार अत्यन्त महंगो छ, कम्तिमा आफुले सक्ने क्षमताको वीमा गरेमा त्यसले उपचारमा ढुक्क बनाउँछ, विरामी हुनै नपरे भविश्यमा बचतको रुपमा फिर्ता पाईन्छ’’–श्रेष्ठले भने ।

    कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल ज्यूले मानिसका चिन्ता र चुनौतिहरुलाई व्यवस्थापन गर्ने सोचका साथ वीमाको अवधारणाको विकास भएको बताउँदै वीमाको पहुँचलाई विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । उनले नयाँ कम्पनीको रुपमा स्थापित भएको सिटिजन लाइफले विमितहरुमा नविन, नयाँ र आकर्षक सुविधा सहित आएको बताए ।

    प्रतिक्रिया
    थप समाचार