Online Nepal शुक्रबार, बैशाख ७ २०८१

लक्ष्मी बैंकको २२औं वार्षिक साधारणसभा सम्पन्न

लक्ष्मी बैंकको २२औं वार्षिक साधारणसभा सम्पन्न


मध्यान्तर
  • बिहिबार, पुष २८ २०७९

  • काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको बाइसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। बहिबार काठमाडौंमा बैंकको साधारणसभा भएको हो। साधारण सभाले आर्थिक वर्ष २०७८/०७९ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ।

    साथै आर्थिक वर्ष २०७९/८० का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ। आ.व. २०७८र७९ मा १३९ अर्ब रुपैयाँ निक्षेप र १३२ अर्ब रुपैयाँ कर्जा पुर्‍याएको यस बैंकको वासलातको आकार १७३ अर्ब रुपैयाँ रहेको छ। सो आ।व।मा बैंकले १ अर्ब ५१ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ।

    प्रतिक्रिया
    थप समाचार