Online Nepal शुक्रबार, बैशाख ७ २०८१

क्रिकेटर सन्दीप लामिछाने २० लाख धरौटीमा रिहा

क्रिकेटर सन्दीप लामिछाने २० लाख धरौटीमा रिहा


मध्यान्तर
  • बिहिबार, पुष २८ २०७९

  • काठमाडौं । बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

    बिहीबार न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । तर लामिछानेले विदेश जान नपाउने आदेश भएको उच्च अदालत पाटनले जनाएको छ ।

    एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।

    प्रतिक्रिया
    थप समाचार