Online Nepal बिहिबार, चैत्र १५ २०८०

पाँच महिनामा भित्रियो चार खर्ब ८० अर्ब रेमिट्यान्स भित्रियो

पाँच महिनामा भित्रियो चार खर्ब ८० अर्ब रेमिट्यान्स भित्रियो


मध्यान्तर
  • शुक्रबार, पुष २९ २०७९

  • काठमाडौँ । चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म चार खर्ब ८० अर्ब ५० करोड बराबरको विप्रेषण ९रेमिट्यान्स० भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको पाँच महिनाको विवरणअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले वृद्धि भएको हो ।

    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह छ दशमलव तीन प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ दशमलव एक प्रतिशतले वृद्धि भई तीन अर्ब ७१ करोड पुगेको छ ।

    अघिल्लो वर्ष यस्तो आप्रवाह छ दशमलव आठ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २१ दशमलव छ प्रतिशतले वृद्धि भई पाँच खर्ब ३० अर्ब छ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर पाँच दशमलव तीन प्रतिशतले घटेको थियो ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार