Online Nepal बिहिबार, चैत्र १५ २०८०

नेपाल मिटर ट्याक्सी व्यवसायी चालक समाजले अघि सार्‍यो १६ बुँदे माग

नेपाल मिटर ट्याक्सी व्यवसायी चालक समाजले अघि सार्‍यो १६ बुँदे माग


मध्यान्तर
  • शनिबार, पुष ३० २०७९

  • काठमाडौं । नेपाल मिटर ट्याक्सी व्यवसायी चालक समाजले आफूहरुको व्यवसाय र लगानीको सूरक्षा नभएको भन्दै आपत्ति जनाएको छ । आज ९शनिबार० रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै चालक समाजले राज्यले ट्याक्सी व्यवसायीलाई बन्धक बनाएको भन्दै आफ्ना १६ बुँदे मागहरु सार्वजनिक गरेको हो । समाजले अघि सारेका माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी पनि दिएको छ ।
    साथै, मिटर जडित ट्याक्सीमा स्वचालित भाडा लागू गर्न पनि चालक समाजले माग गरेको छ । एकद्वार कर प्रणाली लागू गर्न पनि चालक समाजले सरकार समक्ष आग्रह गरेको छ । महानगर वा सरकारले एप बनाएर ट्याक्सी सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ । पेशा–व्यवसायका क्रममा विभिन्न मितिमा हत्या गरिएका र कुटपिट गरी घाइते बनाइएका ट्याक्सी व्यवसायीको न्यायका लागिसमेत सरकारको ध्यानाकर्षण गरिएको छ । साथै, चालकले लगाउनु पर्ने पहेलो ज्याकेटलाई हटाउनु पर्ने, इम्बोस नम्बरमा नेपाली भाषाको प्रयोग गरिनुपर्ने लगायतका माग चालक समाजलले राखेको छ ।

    चालक समाजका संस्थापक अध्यक्ष सानु पूर्वछानेले अहिलेसम्म विभिन्न समयमा ४३ जना ट्याक्सी चालकको हत्या भएको र उनीहरुको हत्यारा पहिचान गरी तत्काल कारबाही गर्न सरकार समक्ष माग गरेका छन् । त्यसैगरी, इम्बोस्ड नम्बरमा राज्यले गरेको व्यवस्था आफूहरु मान्न तयार नरहेको उनले बताए । ‘हामीलाई इम्बोस्ड नम्बर भनेर राज्यले कालो धब्बा लगाउन खोजेको छ । यसमा नेपाल सरकारको ध्यानकर्षण होस् । हामी पहेँलो प्लेटको नम्बर मान्दैनौं । हामीलाई नेपाल र नेपालको संवत् र देवनागरीमा जिपिएस फिट गरिएको नम्बर चाहिन्छ,’ उनले भने ।

    साथै, विदेशीको नाममा र विदेशी एपहरु खारेज गरी महानगर र सरकारले नै एपको व्यवस्था गर्नुपर्ने आवश्यकता पनि उनले औंल्याएका छन् । निजी प्रयोजनका लागि लिइएको सवारी साधनले भाडाको काम गरेर सवारी ऐनको धज्जी उडाएको उनको दाबी छ । आफूहरुको माग पुरा नभए सम्पूर्ण सवारी साधन टुँडिखेलमा लगेर थुपारिदिने पनि उनले चेतावनी दिए । अर्की वक्ता तारा बरालले यातायात व्यवसायीलाई विमा कम्पनीले उचित क्षतिपूर्ति नदिएको आरोप लगाईन् । प्राइभेट अस्पतालले सेटिङमा एम्बुलेन्स चालकसँग विरामी किनबेच गर्ने गरेको र सेटिङको आधारमा एम्बुलेन्स चालक र ट्राफिकले दुर्घटनामा घाइते भएकालाई प्राइभेट अस्पतालमा पुर्याउने गरेको उनको आरोप छ ।
    पठाओ राइडरले अफलाइन राइड गरेर दुर्घट्ना भएको अवस्थामा त्यसको जवाफदेही सरकार हुन नसकेको बरालले बताइन् । अफलाइन राइड चालकका लागि पनि खतरा हुने र कुनै पेशेवर महिलाले अफलाइन राइडरलाई फसाउन सक्नेतर्फ उनले सचेत गराइन् ।सवारीसाधनलाई वर्षको आधारमा नभएर अवस्थाको आधारमा चल्न दिनुपर्ने पनि उनको माग छ ।

    त्यसैगरी, साझा नेपाल केन्द्रीय महासंघका अध्यक्ष किरण नेपालले आफूहरु वार्ता, संवादको आधारमा समस्याको समाधान खोजेको बताए । सरकारले यातायात व्यवसायीको मागहरु नसुनेमा सडक आन्दोलनका लागि आफूहरु तयार रहेको बताए । ‘हामीले सरकारलाई असहयोग गर्नुपर्यो भने विहान सडकमा हेर्दा सबै सार्वजनिक कार्यालयको अगाडि बस र ट्याक्सी तेर्सिएको हुनेछ । त्यो परिस्थिती सिर्जना नहोस्’ उनले भने । सरकारले यातायात व्यवसायीको लगानीको सूरक्ष, पेसालाई मर्यादित र सम्मानित बनाउन पहल थाल्नुपर्ने उनले बताए । चालक समाजका केन्द्रीय अध्यक्ष राजकुमार श्रेष्ठले यातायातको क्षेत्रमा विकृति बढेको र आफूहरुले यातायात व्यवसायलाई मर्यादित बनाउन चाहेपनि सरकारको निरिहताले सम्भव नभएको बताए ।

    राज्यले कसैलाई असमान व्यवहार गर्ननहुने र ट्याक्सीमा गीत बजाए वापत पैसा तिर्नु पर्ने व्यवस्थामा सरकारको तत्काल ध्यान जानुपर्ने उनको माग छ । यसमा सरकारको ध्यानाकर्षण हुनु आवश्यक रहेको उनले बताए । आफूहरु लगानीकर्ता भएपनि सरकारले ट्याक्सीको मापदण्ड बनाउँदा आफूहरुलाई नै थाहा नदिएको बताए । सरकार अभिभावक भएकाले नागरिक र व्यवसायप्रिति उत्तिकै उत्तरदायी हुनुपर्ने बताए । सरकारले स्वचालित भाडा विर्सन नहुने बताए । राज्यले कर बढाउँदा ट्याक्सीको भाडासमेत समायोजन हुनुपर्ने उनको दाबी छ ।कार्यक्रममा वरिष्ठ अधिवक्ता ध्रुवलाल प्रधान, डा। नन्द काप्री, नेपाल मिटर ट्याक्सी व्यवसायी चालक समाजका अध्यक्ष प्रेमकुमार तमाङ, उपाध्यक्ष बाबुकाजी श्रेष्ठ, खड्ग बहादुर थापा, समाजसेवी सोम शर्मा, विजय लिम्बु, तारा बराल, नेपालको पहिलो महिला ट्याक्सी चालक इश्वरी थापा लगायतको उपस्थिति थियो ।

     

    प्रतिक्रिया
    थप समाचार