Online Nepal बिहिबार, बैशाख ६ २०८१

सभामुखमा कांग्रेस सांसद ईश्वरी न्यौपानेको उम्मेदवारी दर्ता

सभामुखमा कांग्रेस सांसद ईश्वरी न्यौपानेको उम्मेदवारी दर्ता


मध्यान्तर
  • बुधबार, माघ ४ २०७९

  • काठमाडौँ । नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेलाई प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दर्ता गराएकी छन्।

    उनलाई उम्मेदवार बनाउने निर्णय सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवासहितको बैठकले बुधबार गरेको हो।
    सभापति देउवा, दुई महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र प्रमुख सचेत रमेश लेखकसहितले बैठकले न्यौपानेको नामलाई औपचारिकता दिएको हो।

    त्यसपछि न्यौपाने उम्मेदवारी दर्ताका लागि संसद् भवन नयाँ बानेश्वर पुगेकी हुन्। न्यौपाने प्रतिनिधिसभाको सभामुखका लागि नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेसँग भिड्ने छिन्।

    न्यौपाने कांग्रेसकी समानुपातिक सांसद हुन्। उनी २०७४ को आमनिर्वाचनमा कैलाली क्षेत्र नम्बर १ मा हाल जेलमा रहेका रेशम चौधरीसँग पराजित भएकी थिइन।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार