Online Nepal शुक्रबार, बैशाख ७ २०८१

नबिल बैंकको नाफामा ५६.६७ प्रतिशतले वृद्धि

नबिल बैंकको नाफामा ५६.६७ प्रतिशतले वृद्धि


मध्यान्तर
  • शनिबार, माघ ७ २०७९

  • काठमाडौं । नबिल बैंकले चालू आर्थिक वर्षको पुस मसान्तसम्म  ३ अर्ब ४१ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले पुस मसान्तसम्मको त्रैमासिक तथ्यांक सार्वजनिक गर्दै उक्त नाफा आर्जन गरेको जानकारी दिएको हो । यो गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ५६.६७ प्रतिशतको वृद्धि हो । यस्तै, यस अवधिमा बैंकको सञ्चालन नाफा समेत बढेको छ । गत वर्षको यही अवधिको तुलनामा ५६.०६ प्रतिशतले बढेर सञ्चालन नाफा ४ अर्ब ८६ करोडभन्दा माथि पुुगेको छ । बैंकले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ अर्ब १८ करोड रुपैयाँ नाफा कमाएको थियो ।

    दोस्रो त्रैमासिक तथ्यांकअनुसार बैंकको ब्याज आम्दानी बढ्दा नाफा बढेको देखिन्छ । यस अवधिमा बैंकले खुद ब्याज नाफामार्फत ७ अर्ब ८३ करोडभन्दा बढी आर्जन गरेको छ । यो गत वर्षको तुलनामा ८५.६३ प्रतिशतले बढी हो । यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी २५.३३ रुपैयाँ पुुगेको छ भने प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँभन्दा माथि छ । हाल बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २५ अर्ब ५७ करोड ४१ लाख रुपैयाँ रहेको छ ।

     

    प्रतिक्रिया
    थप समाचार