Online Nepal बिहिबार, बैशाख १३ २०८१

माछापुच्छ्रे बैंकको पुस मसान्तसम्म वितरणयोग्य मुनाफा एक अर्ब पाँच करोड ८० लाख

माछापुच्छ्रे बैंकको पुस मसान्तसम्म वितरणयोग्य मुनाफा एक अर्ब पाँच करोड ८० लाख


मध्यान्तर
  • शनिबार, माघ ७ २०७९

  • काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको ६ महिना अवधिमा एक अर्ब दुई करोड ५२ लाख रुपैयाँ नाफा कमाएको छ । शनिबार सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा गत वर्षको तुलनामा १.४२ प्रतिशतले बढेको हो । गत वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले एक अर्ब एक करोड आठ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

    बैंकको पुस मसान्तसम्म वितरणयोग्य मुनाफा एक अर्ब पाँच करोड ८० लाख रुपैयाँ कायम भएको छ । वित्तीय विवरण अनुसार यो त्रैमासमा बैंकको खराब कर्जा बढेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म यो बैंकको खराब कर्जा ०.५७ प्रतिशत थियो भने यो यो वर्ष कम्पनीको खराब कर्जा बढेर १.४१ प्रतिशत कायम भएको छ ।

    बैंकले दुई अर्ब ७९ करोड २९ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । उक्त अवधिमा बैंकले एक अर्ब ४७ करोड ३३ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ ।

    बैंकले जगेडा कोषमा चार अर्ब १३ करोड रुपैयाँ जम्मा गरेको छ ।

     

    प्रतिक्रिया
    थप समाचार