Online Nepal बुधबार, बैशाख १२ २०८१

ग्लोबल आइएमई बैंकको ४.४७५ प्रतिशतले खुद नाफामा वृद्धि

ग्लोबल आइएमई बैंकको ४.४७५ प्रतिशतले खुद नाफामा वृद्धि


मध्यान्तर
  • शनिबार, माघ ७ २०७९

  • काठमाडौं ।  ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा २ अर्ब ७८ करोड २३ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसैअवधिको तुलनामा यसले ४.४७५ ले मात्र खुद नाफा वृद्धि गरेको छ । बैंकको खुद ब्याज आम्दानी ३६.४५५ ले बढेर ६ अर्ब ५४ करोड रुपैयाँ माथि पुगेको छ भने सञ्चालन नाफा ३.२०५ ले बढेको छ । पुस मसान्तसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब ११ करोड ९१ लाख रुपैयाँ रहेको छ  । बैंक अफ काठमाण्डूसँग मर्जरपछि चुक्ता पुँजी ३५ अर्ब नाघेको छ । बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ३२ पैसाले घटेर १८ रुपैयाँ ७ पैसा कायम भएको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ३९ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ३४ पैसा छ ।

    प्रतिक्रिया
    थप समाचार