Online Nepal मंगलबार, बैशाख ११ २०८१

एभरेष्ट बैंकको खुद नाफा ८९.२९५ प्रतिशतले वृद्धि

एभरेष्ट बैंकको खुद नाफा ८९.२९५ प्रतिशतले वृद्धि


मध्यान्तर
  • शनिबार, माघ ७ २०७९

  • काठमाडौं  । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा एभरेष्ट बैंकको खुद नाफा ८९.२९५ प्रतिशतले बढेर १ अर्ब ५८ करोड ८० लाख ३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा ८३ करोड ८९ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी ७२.५६५ ले बढेर ३ अर्ब ६७ करोड २ लाख ४५ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ८९।२०५ ले बढेर २ अर्ब २६ करोड ८४ लाख ७७ हजार रुपैयाँ पुगेको छ ।पुस मसान्तसम्ममा वितरणयोग्य नाफा २ अर्ब ८४ करोड ६९ लाख रुपैयाँ ६८ पैसा छ ।

    प्रतिक्रिया
    थप समाचार