Online Nepal शनिबार, बैशाख ८ २०८१

गेडागुडीमा जडीबुटी मिसाएर खाँदा जुम्लामा एक जनाको मृत्यु

गेडागुडीमा जडीबुटी मिसाएर खाँदा जुम्लामा एक जनाको मृत्यु


मध्यान्तर
  • आइतबार, माघ ८ २०७९

  • काठमाडौँ । जुम्लाको चन्दननाथ नगरपालिका–८ रोकायाबाडामा गेडागुडीमा जडीबुटी मिसाएर खाँदा एक जनाको मृत्यु भएको छ । तीन जना बिरामी भएका छन् ।मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय दीपक रोकाया रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षकले जानकारी दिए ।

    प्रहरीका अनुसार ३८ वर्षीय तिल रोकाया, २८ वर्षीय टङ्क रोकाया र ३० वर्षीय पारस धराला बिरामी परेका छन् ।बिरामी सबै तिल रोकायाको घर बनाउन आएका मिस्त्री थिए । गेडागुडी खाँदा एक्कासी बेहोस भएपछि उपचारका लागि कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

    गेडागुडीमा हालिएको जडीबुटीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार