Online Nepal शुक्रबार, बैशाख ७ २०८१

लागूऔषधसहित कञ्चनपुरबाट तीन जना पक्राउ

लागूऔषधसहित कञ्चनपुरबाट तीन जना पक्राउ


मध्यान्तर
  • सोमबार, माघ ९ २०७९

  • फाइल तस्बिर

    काठमाडौँ । कञ्चनपुरमा लागूऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-१८ का अभिशेक गुरुङ, २१ वर्षीय आषिश छिनाल र सोही स्थानका २२ वर्षीय जीवन कार्की रहेका छन् ।

    कार्कीबाट डाइजेफम १९ सीसी, ९६ सीसी रेस्कोजेसीक, फेनारगन ९६ पीस गरी २११ पीस र भारतीय नम्बर प्लेट भएको मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

    अस्थायी प्रहरी पोष्ट मझगाउँ कञ्चनपुरबाट खटिएको टोलीले भीमदत्त नगरपालिका-१७ मझगाउँबाटै उनीहरूलाई नियन्त्रणमा लिएको थियो । उनीहरूलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार