Online Nepal शुक्रबार, बैशाख ७ २०८१

संसद् भवन अगाडि एक व्यक्तिद्वारा आत्मदाह प्रयास

संसद् भवन अगाडि एक व्यक्तिद्वारा आत्मदाह प्रयास


मध्यान्तर
  • मंगलबार, माघ १० २०७९

  • काठमाडौं । संघीय संसद् भवन अगाडि एक व्यक्तिले आत्मदाह गर्ने प्रयास गरेका छन् ।

    बानेश्वरबाट तीनकुने मार्गमा मुख्य सडककै बीचमा इलाम पञ्चकन्याका प्रेमप्रसाद आचार्यले पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् ।

    प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार आफैँमाथि पेट्रोल छर्किएर आगो लगाएका हुन् । आत्मदाह गर्न खोज्ने ती व्यक्तिलाई उद्धार गरी कीर्तिपुर अस्पताल लगिएको छ ।

    उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद भवनबाट बाहिर निस्के लगत्तै आत्मदाह गर्ने गरेका हुन् ।

     

     

     

     

     

    प्रतिक्रिया
    थप समाचार