Online Nepal शनिबार, बैशाख १५ २०८१

भूकम्पले बाजुरामा ४ घर भत्किए

भूकम्पले बाजुरामा ४ घर भत्किए


मध्यान्तर
  • मंगलबार, माघ १० २०७९

  • काठमाडौं । बाजुरामा ५. ९ रेक्टर स्केलको भूकम्प जाँदा चार घर भत्किएको छ । बडीमालिका नगरपालिका ७ र ९ मा गरि ४ घर भत्किएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

    एक घर पूर्ण रुपमा भत्किएको छ भने अन्य तीन घरको पर्खालमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपीले जानकारी दिए ।

    अन्य विवरण आउँन बाँकी रहेको डीएसपीले बताए । आज दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला केन्द्रबिन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प गएको थियो ।

    यस्तै बझाङमा पनि भूकम्पको धक्काले मन्दिर समेत भत्किएको छ भने अन्य मध्य पश्चिमका जिल्लाहरुमास्थानीयको भागदौड मचिएको थियो ।

     

     

    प्रतिक्रिया
    थप समाचार