Online Nepal शुक्रबार, चैत्र १६ २०८०

बाजुराको भूकम्पमा परेर एकजनाको मृत्यु

बाजुराको भूकम्पमा परेर एकजनाको मृत्यु


मध्यान्तर
  • मंगलबार, माघ १० २०७९

  • काठमाडौं । बाजुरामा भूकम्पका कारण एक महिलाको मृत्यु भएको छ । भूकम्पसँगै माथिबाट खसेको ढुङ्गाले लागेर जिल्लाको गौमुल गाउँपालिका-२ जुरेलीमा करिब ३५ वर्षीकी जमुना रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।घरनजिकैको जंगलमा घाँस काट्ने बेला माथिबाट ढुङ्गाले किचेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षकले जानकारी दिए । अहिले प्रहरी घटनास्थलतर्फ गइरहेको छ ।

    आज दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला केन्द्रबिन्दु भएर ५।९ रेक्टर स्केलको भूकम्प गएको थियो । अहिले सम्म जिल्लामा २५ घरमा क्षति पुगेको विवरण प्राप्त भएको डीएसपीले जानकारी दिए

    प्रतिक्रिया
    थप समाचार