Online Nepal मंगलबार, बैशाख ४ २०८१

प्रभु हेलिकोप्टरका पाइलट कुटपिट गर्ने ६ जना पक्राउ

प्रभु हेलिकोप्टरका पाइलट कुटपिट गर्ने ६ जना पक्राउ


मध्यान्तर
  • मंगलबार, माघ १० २०७९

  • फाइल तस्बिर

    काठमाडौं । स्याङ्जामा प्रभु एयरको हेलिकोप्टरका पाइलट कुटपिट गर्ने ६ जना पक्राउ परेका छन् । ४ जना यात्रु र २ जना कुटपिटमा संलग्न स्थानीयलाई प्रहरीले पक्राउ गरेको हो ।

    माघ ५ गते दिउसो पोखराबाट स्याङजाको वालिङ गएको प्रभु एयरको हेलिकोप्टर खेलमैदानमा अवतरण गराएपछि स्थानीयले पाइलटसहित सवारहरुलाई कुटपिट गरेका थिए ।

    पक्राउ पर्नेमा हेलिकोप्टरमा रहेका विनोद गैरे, उज्ज्वल थापा, सुशील गिरि र खिमबहादुर राना रहेका छन् । त्यसैगरी स्थानीय यामबहादुर गुरुङ र सुरेश श्रेष्ठलाई पनि पक्राउ गरिएको छ ।

    प्रतिक्रिया
    थप समाचार