Online Nepal बुधबार, बैशाख १२ २०८१

सिराहामा ब्राउन सुगरसहित ९ जना पक्राउ

सिराहामा ब्राउन सुगरसहित ९ जना पक्राउ


मध्यान्तर
  • सोमबार, माघ १६ २०७९

  • काठमाडौँ । सिराहा प्रहरीले नवराजपुर गाउँपालिका २ मझौराबाट लागूऔषध ब्राउन सुगरसहित ९ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ओमप्रकाश यादवको घरमा छापा मारेर इलाका प्रहरी कार्यालय झाँझपट्टीको प्रहरी टोलीले ब्राउन सुगर जस्तो देखिने सेतो पदार्थ २८ ग्रामसहित ९ जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा घरधनी यादव, सोही ठाउँका, २२ वर्षीय अमित कुमार यादव, २५ वर्षीय देवराम कुमार यादव, लहान नगरपालिका १२ का ५१ वर्षीय मदनकुमार चौधरी, २३ वर्षीय नरसिंह चौधरी, लहान नगरपालिका ५ का २७ वर्षीय इरफान हुसेन, लहान नगरपालिका १ का १९ वर्षीय कृष्णा पासमान, सप्तरीको शम्भुनाथ नगरपालिका १२ अर्नाहका २३ वर्षीय रमेश पासमान र सप्तरीकै शम्भुनाथ नगरपालिकाका २२ वर्षीय सुरेश कुमार पासमान रहेका छन् ।

    उनीहरुको साथबाट लागूऔषध तौल गर्ने डिजिटल मेसिन १ थान, मोबाइल ८ थान, मोटरसाइकल ४ थान र नगद ४ हजार ८८५ रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार