Online Nepal शुक्रबार, चैत्र १६ २०८०

सन्दीप लामिछानेको निलम्बन फुुकुवा

सन्दीप लामिछानेको निलम्बन फुुकुवा


मध्यान्तर
  • बुधबार, माघ १८ २०७९

  • काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुुकुवा गरेको छ । मंगलबार पोखरामा बसेको कार्यसमितिको बैठकले लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको एक सदस्यले जानकारी दिए ।

    एक किशोरी बलात्कारको आरोप लागेपछि क्रिकेट संघले लामिछानेलाई २३ भदौमा निलम्बन गरेको थियो ।

    २० असोजमा पक्राउ गरेका उनलाई जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि कारागार पठाएको थियो । तर उच्च अदालत, पाटनले उनलाई २८ पुसमा २० लाख धरौटीमा शर्तसहित रिहा गर्न आदेश दियो ।

     

    प्रतिक्रिया
    थप समाचार