Online Nepal बिहिबार, चैत्र १५ २०८०

एकैदिन तोलामा १२ सयले बढ्दै सुनको मूल्यमा ऐतिहासिक रेकर्ड

एकैदिन तोलामा १२ सयले बढ्दै सुनको मूल्यमा ऐतिहासिक रेकर्ड


मध्यान्तर
  • बिहिबार, माघ १९ २०७९

  • काठमाडौँ । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । गत माघ १२ गते सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ कायम भई नयाँ रेकर्ड कायम भएको थियो ।

    आज एकैदिन सुनको मूल्य तोलाको १ हजार २ सय रुपैयाँ बढेको छ। जसअनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५ सय पुगेर नयाँ रेकर्ड कायम गरेको हो।

    तेजावी सुनको मूल्य तोलाको १ लाख ७ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर १ हजार ३ सय ९५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार