Online Nepal शनिबार, बैशाख ८ २०८१

सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल पुन : चार वर्षका लागि नियुक्त

सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल पुन : चार वर्षका लागि नियुक्त


मध्यान्तर
  • बिहिबार, माघ १९ २०७९

  • काठमाडौं । सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा गणेशराज पोखरेल पुनः नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले पोखरेललाई दोस्रो कार्यकालको लागि पुनः सिइओ नियुक्त गरेको हो ।

    पोखरेलको नेतृत्वमा बैंकले थप सफलता प्राप्त गर्दै जाने विश्वास गरिएको छ ।

    सिटिजन्स बैंकको स्थापनाकालदेखि नै पोखरेल आबद्ध छन् । विभिन्न पदमा रहेर बैंकमा सेवा गर्दै उनी नेतृत्व तहमा पुगेका हुन् । सिइओ नियुक्त हुनु अगाडि उनी दोस्रो वरियतामा रहेर काम गरेका थिए ।

    देशभर बैंकका १ सय ८२ शाखा सञ्जाल छन् । ३ विस्तारित काउण्टर, १ सय ३५ एटिएम, ९७ शाखा रहित बैंकिङ इकाई र २० माइक्रोफाइनान्स इकाईबाट बैंकले सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिक्रिया
    थप समाचार