Online Nepal शनिबार, बैशाख ८ २०८१

२२.१२ अंकले घट्यो नेप्से परिसूचक, २ अर्बको कारोबार

२२.१२ अंकले घट्यो नेप्से परिसूचक, २ अर्बको कारोबार


मध्यान्तर
  • बिहिबार, माघ १९ २०७९

  • काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार घटेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक २२.१२ अंकले बढेर २०९४.५४ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.७४ अङ्कले बढेर ३९८.४२ बिन्दुमा पुगेको छ।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५७ कम्पनीको ५८ लाख ९८ हजार ९०३ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

    त्यस्तै, कारोबारको आधारमा स्ट्याण्डर्ड चार्टर्ड बैंक अग्रिम स्थानमा छ। यसको आज १० करोड १३ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा एनआईसी एशिया बैंक र आईएमई जनरल इन्स्योरेन्सको कारोबार भएको छ।

    बिहीबारको कारोबारमा १३ वटै उपसूचक घटेर राताम्मे भएको छ। आजको कारोबारमा आदर्श लघुवित्त वित्तीय संस्था र सानिमा इक्युटि फण्डका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, सपोर्ट माइक्रोफाइनान्स र सिद्धार्थ इन्स्योरेन्सका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार