Online Nepal बिहिबार, चैत्र १५ २०८०

रविलाई गृहमन्त्री बनाउन माग गर्दै जुम्लामा सरकारी कर्मचारीद्वारा आत्मदाह प्रयास

रविलाई गृहमन्त्री बनाउन माग गर्दै जुम्लामा सरकारी कर्मचारीद्वारा आत्मदाह प्रयास


मध्यान्तर
  • बिहिबार, माघ १९ २०७९

  • काठमाडौँ । नागरिकता विवादम सांसद पद गुमाएका रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन माग गर्दै जुम्लामा एकजनाले आत्मदाह प्रयास गरेका छन्।

    जिल्ला प्रशासन कार्यालय जुम्लाअगाडि बाँकेको कोहलपुर घर भएका गोकर्ण कार्कीले आज शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेका हुन्।

    रवि लामिछानेले न्याय पाउनुपर्छ, गृहमन्त्रीको पद पाउनु पर्छ भन्दै सरकारी कर्मचारीसमेत रहेका कार्कीले आत्मदाह प्रयास गरेका हुन्।

    जुम्लाका एक प्रहरीको अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सवारी चालक कार्कीले शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दै गर्दा प्रहरीले उद्धार गरेको हो । ‘बाँकेको कोहलपुर नगरपालिका-११ स्थायी घर भएका कार्की कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चालकका रुपमा कार्यरत थिए।

     

     

     

    प्रतिक्रिया
    थप समाचार