Online Nepal बिहिबार, बैशाख १३ २०८१

सन्दीप लामिछानेलाई थुनामै राखी पुर्पक्ष गर्न माग गर्दै परेको रिटमा आज सुनुवाइ हुँदै

सन्दीप लामिछानेलाई थुनामै राखी पुर्पक्ष गर्न माग गर्दै परेको रिटमा आज सुनुवाइ हुँदै


मध्यान्तर
  • शुक्रबार, माघ २० २०७९

  • काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई थुनामै राखी पुर्पक्ष गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुनेछ । उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंको पुर्पक्षका लागि थुनामा राख्ने आदेश उल्टाएको थियो । उच्च अदालतले लामिछानलेलाई २० लाख धरौटीमा रिहा गरेको थियो ।

    लामिछानेलाई विदेश जान रोक र पीडित पक्षसँग प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सम्पर्क गर्न रोक लगाउँदै उच्च अदालतले सो आदेश जारी गरेको थियो । उच्च अदालतको आदेश महान्यायाधीवक्ता कार्यालयले उच्च अदालतको सो आदेश मुलुकी फौजदारी कार्यविधि संहीता, २०७४ को दफा ६७ को मर्म, विपरित भएको भन्दै सो आदेश उल्टाई जिल्ला अदालतकै आदेश सदर गर्न माग गर्दै रिट दायर गरेको हो । तत्काल प्राप्त प्रमाणले लामिछाने कसुरदार देखिने कुरा उच्च अदालत आफैंले स्वीकार गरेको अवस्तामा उनलाई थुनामा राखेर पुर्पक्ष गरिनु पर्छ । मुलुकी फौजदारी कार्यविधि संहीता, २०७४ को दफा ६७ ले ३ वर्ष वा सो भन्दा बढी कैद सजाय हुन सक्ने अवस्थामा अभियुक्तलाई पुर्पक्षका लागि थुनामै राख्नु पर्ने वाध्यकारी प्रावधान रहेको छ ।

     

    प्रतिक्रिया
    थप समाचार