Online Nepal शुक्रबार, चैत्र १६ २०८०

पाकिस्तानमा सवारी दुर्घटना हुँदा १८ जनाको मृत्यु

पाकिस्तानमा सवारी दुर्घटना हुँदा १८ जनाको मृत्यु


मध्यान्तर
  • शुक्रबार, माघ २० २०७९

  • काठमाडौँ । उत्तरपश्चिम पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा भएको सवारी दुर्घटनामा परी १८ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार बिहीबार अबेर राति जिप दुर्घटनामा परेको थियो ।

    सो दुर्घटनामा परेर बिहीबार राति १८ जना यात्रुको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

    प्रहरीका अनुसार खैबर पख्तुनख्वा प्रान्तको कोहत जिल्लाअन्तर्गत सिन्धु राजमार्गमा दुई सवारी एक आपासमा ठोक्किन पुगेको जनाइएको छ । सवारी ठोक्किँदा जिपमा रहेका यात्रुको ज्यान गएको हो । विपरीत दिशाबाट आएको एक सवारीले सो जिपलाई ठक्कर दिएको थियो ।

    पाकिस्तानमा बारम्बार सवारी दुर्घटना हुँदै आएको छ । सडकको अवस्था एवं सवारी चालकहरुको लापरवाहीका कारण यस्ता दुर्घटनाहरु हुने गरेको बताइन्छ ।

    प्रतिक्रिया
    थप समाचार