Online Nepal बिहिबार, बैशाख २७ २०८१

नेपालले स्कटल्यान्डविरुद्ध टस जितेर पहिले बलिङ गर्न

नेपालले स्कटल्यान्डविरुद्ध टस जितेर पहिले बलिङ गर्न


मध्यान्तर
  • शुक्रबार, फाल्गुन ५ २०७९

  • काठमाडौँ । आईसीसी विश्वकप लिग-२ अन्तर्गतको घरेलु सिरिजको दोस्रो खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

    शुक्रबार टियू मैदान कीर्तिपुरमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङ रोजेपछि केही समयपछि स्कटल्यान्डले ब्याटिङ सुरु गर्ने छ।

    भारतमा हुने एकदिवसीय विश्वकपको छनोटको आधारका रुपमा रहेको प्रतियोगितामा नेपाल पाँचौ पटक स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्न लागेको हो।

    तीन खेल अगावै विश्वकप लिग-२ को विजेता बनेको स्कटल्यान्ड नेपाल विरुद्ध विना दबाब मैदानमा उत्रने छ।

     

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार