Online Nepal सोमबार, बैशाख ३१ २०८१

ओलम्पिक छनोटको खेल नेपालमा हुने

ओलम्पिक छनोटको खेल नेपालमा हुने


मध्यान्तर
  • आइतबार, फाल्गुन १४ २०७९

  • काठमाडौँ । फ्रान्सको पेरिसमा सन् २०२४ मा आयोजना हुने ओलम्पिक महिला फुटबलको एसिया छनोटअन्तर्गत समूह ‘सी’ को पहिलो चरणको खेल नेपालमा हुने भएको छ।

    एसिया छनोटको पहिलो चरणअन्तर्गत समूह ‘सी’ को छनोट खेल नेपालमा आयोजना हुने अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले जनाएको छ। समूह ‘सी’ मा प्यालेस्टाइनले नाम फिर्ता लिएपछि अब तीन राष्ट्र नेपाल, अफगानिस्तान र भियतनाम सहभागी हुनेछन्।

    छनोटको पहिलो चरणका खेलहरु आगामी चैत २० देखि चैत २८ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सञ्चालन हुनेछन्। ओलम्पिक महिला फुटबल छनोटको पहिलो चरणमा विभिन्न २६ टोली छन्। ती टोलीलाई सात समूहमा विभाजन गरिएको छ।

    प्रतिक्रिया
    थप समाचार