Online Nepal बिहिबार, चैत्र १५ २०८०

थुनामुक्त भए अभिनेता पल शाह

थुनामुक्त भए अभिनेता पल शाह


मध्यान्तर
  • सोमबार, फाल्गुन १५ २०७९

  • काठमाडौँ । बलात्कार मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएपछि अभिनेता पल शाह जेलमुक्त भएका छन् । अभिनेता पल आज प्रक्रिया पुरा भएपछि जिल्ला कारागार तनहुँबाट रिहा भएका हुन् ।

    उनलाई आइतबार उच्च अदालत पोखराले अभियोगको दाबी नपुगेको भन्दै सफाइ दिएको थियो । नवलपुर जिल्ला अदालतले गत भदौ २० गते शाहलाई बलात्कार अभियोगबाट सफाइ दिएपनि बाल यौन दुरुपयोगमा २ वर्ष ६ महिना कैद सजाय, २५ हजार जरिवाना र पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको थियो ।

    जिल्ला अदालत नवलपुरले दिएको आदेशविरुद्ध जिल्ला सरकारी वकिल र अभियुक्त शाह पक्षले उच्च अदालतमा दिएको पुनरावेदनमा आइतबार उच्च अदालतका न्यायाधीशद्वय डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले अभियोगको दाबी नपुग्ने भन्दै सफाइ दिएको थियो ।

    पल शाहले बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी परेको थियो । तनहुँ र नवलपुर जिल्ला अदालतले बकपत्र गर्दा पीडित १७ वर्षीया नाबालिगले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेकी थिइन् । जिल्ला अदालत तनहुँले भने पल शाहलाई यसअघि नै सफाइ दिइसकेको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार