Online Nepal शुक्रबार, बैशाख २८ २०८१

यूएईविरुद्ध नेपाललाई दोस्रो सफलता

यूएईविरुद्ध नेपाललाई दोस्रो सफलता


मध्यान्तर
  • बिहिबार, फाल्गुन १८ २०७९

  • काठमाडौँ । दुबईमा जारी आईसीसी विश्वकप लिग २ क्रिकेट अन्तरगत नेपाललाई दोस्रो सफलता मिलेको छ । सन्दीप लामिछानेले नेपाललाई दोस्रो सफलता दिलाएका हुन् । उनले नेपालका लागि दोस्रो विकेट दिलाएका छन् । यसअघि पहिलो विकेट करण केसीले लिएका थिए ।

    पहिलो ओभरको शुन्य रनमा विकेट गुमाएको थियो युएईले । त्यसपछि लयमा खेलिरहेको युएईको लयलाई सन्दीपले भत्काएका हुन् । लामिछानेले गरेको बलिङमा कुशल भुर्तेलले क्याच गर्दा युएईका भ्रित्य अराविन्द क्याचआउट भएका हुन् ।

    आफ्नो दोस्रो ओभरको चौथो बलमा सन्दीपले उक्त सफलता दिलाएका हुन् । १४ ओभरको खेल सकिँदा यूएईले २ विकेटको क्षतिमा ५३ रन बनाएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार