Online Nepal शुक्रबार, बैशाख २८ २०८१

पुर्वप्रशिक्षक अल्मुताइरी पल्सर स्पोर्ट्स अवार्ड -२०७८मा वर्षको उत्कृष्ट प्रशिक्षक

पुर्वप्रशिक्षक अल्मुताइरी पल्सर स्पोर्ट्स अवार्ड -२०७८मा वर्षको उत्कृष्ट प्रशिक्षक


मध्यान्तर
  • मंगलबार, फाल्गुन २३ २०७९

  • काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक अब्दुल्लाह अल्मुताइरी २०७८ का लागि वर्षकै उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् ।

    नेपाल खेलकुद पत्रकार मञ्च ९एनएसजेएफ०ले गरेको बजाज पल्सर स्पोर्ट्स अवार्ड–२०७८ अन्तर्गत अल्मुताइरी उत्कृष्ट प्रशिक्षक घोषित भएका हुन् ।

    क्रिकेटका अस्ट्रेलियन प्रशिक्षक डेव ह्वाटमोर, पारा तेक्वान्दोका प्रशिक्षक कविराज नेगी, बक्सिङका प्रशिक्षक दीपक महर्जन र भलिबलका प्रशिक्षक जगदीश भट्टलाई पछि पार्दै उनले उपाधी जितेका हुन् ।

    प्रज्ञाभवन कमलादीमा आयोजना गरिएको अवार्ड घोषणा तथा वितरण समारोहमा अन्मुताइरीलाई मंगलबार उक्त अवार्ड प्रदान गरिएको छ । उनको कार्यकालमा नेपाल पहिलो पटक एएफसी एसियन कप २०२३ को प्रतियोगिता छनोटको तेस्रो चरणसम्म पुगेको थियो । त्यस्तै गएको वर्ष माल्दिभ्समा भएको १३ औँ साफ च्याम्पियनसिपमा नेपाले फाइनलसम्मको यात्रा तय गरेको थियो ।

    प्रतिक्रिया
    थप समाचार