Online Nepal बिहिबार, बैशाख १३ २०८१

सगरमाथा इन्स्योरेन्स कम्पनी लि. र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनकोी एकिकृत कारोबारको सुरुवात

सगरमाथा इन्स्योरेन्स कम्पनी लि. र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनकोी एकिकृत कारोबारको सुरुवात


मध्यान्तर
  • सोमबार, फाल्गुन २९ २०७९

  • सगरमाथा इन्स्योरेन्स कम्पनी लि. र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. गाभिई कायम हुन आएको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि. (SALICO) को एकिकृत कारोवार आजमितिः २०७९  फाल्गुण २९ गतेदेखि प्रारम्भ भयो । यस अवसरमा  कम्पनीको प्रधानकार्यालयमा बिशेष पूजा तथा कार्यक्रमको आयोजना गरियो ।

    त्यसैगरी, आजै बसेको सञ्चालक समितिको पहिलो बैठकले दुबै कम्पनीहरुको तर्फबाट ३/३ जना सञ्चालक रहने गरी सञ्चालक समितिको गठन गरिएको छ ।साबिक सगरमाथा इन्स्योरेन्स कम्पनी लि. का तर्फबाटश्री अजिथआर. गुणवर्द्धने, (संस्थापक समूह–सेलिन्को इन्स्योरेन्स पिएलसी, श्रीलँका)  सिद्धार्थमणि राजभण्डारी, (संस्थापक समूह) गजेन्द्र लालश्रेष्ठ, (सर्बसाधारण समूह) र त्यस्तै गरि साबिक लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. का तर्फबाट  मनोहर दास मुल, (संस्थापक समूह)श्री अरुण राजश्रेष्ठ, (संस्थापक समूह)श्री कमलभटृराई, (सर्बसाधारण समूह)गरि ६ जनाको सञ्चालक समितिको गठन गरिएको छ । त्यसै गरी बैठकले साबिकको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. का अध्यक्ष मनोहर दास मुललाई कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको र नवनियुक्त अध्यक्ष मुलले आजै नेपाल बीमा प्राधिकरणका अध्यक्ष  सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

    प्रतिक्रिया
    थप समाचार