Online Nepal बुधबार, बैशाख १२ २०८१

प्रभु बैंक र सीजी मोटर्सबीच विद्युतीय गाडीमा कर्जा दिने सम्झौता

प्रभु बैंक र सीजी मोटर्सबीच विद्युतीय गाडीमा कर्जा दिने सम्झौता


मध्यान्तर
  • शुक्रबार, चैत्र ३ २०७९

  • काठमाडौं । प्रभु बैंक लिमिटेड र सी।जी मोटर्स प्रा।लि।बीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता भएको छ ।

    बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सी।जी मोटर्स प्रा।लिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले सम्झौतामा हस्ताक्षर गरे ।

    प्रभु बैंक र सीजी मोटर्स प्रा।लिबीच भएको सम्झौताअनुसार सी।जी मोटर्स प्रा।लिबाट ग्राहकले सी।जी मोटर्सले आयात गरेको नेटा भी मोडेलरब्राण्डका इलेक्ट्रिक भेहिकल खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने छन् ।

    हाल बैंकको देशभर रहेको ३६५ शाखाबाट नै कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ । यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणीय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ ।

    प्रतिक्रिया
    थप समाचार