Online Nepal मंगलबार, बैशाख १८ २०८१

गोकर्ण विष्ट भन्छन्– आगामी आवमा पाँच लाख जनशक्तिलाई नयाँ रोजगारी सम्भव

गोकर्ण विष्ट भन्छन्– आगामी आवमा पाँच लाख जनशक्तिलाई नयाँ रोजगारी सम्भव


मध्यान्तर
  • आइतबार, असार १५ २०७६

  • sf7df8f}F, !% c;f/ -/f;;_ M sf7df8f}+df hf/L b'O{lbg] /fli6«o >d tyf /f]huf/ ;Dd]ngsf] pb3f6g sfo{qmdnfO{ ;Daf]wg ub}{ >ddGqL uf]s0f{ lji6 . t:jL/ Mk|bLk/fh jGt .

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मुलुकभित्र रोजगारीको ठूलो हिस्सा अनौपचारिक क्षेत्रमा रहेको र त्यसलाई औपचारिक गराउनु चुनौतीपूर्ण रहेको बताएका छन् ।

    आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आयोजित राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०७६ को उद्घाटन कार्यक्रममा बोल्दै उनले प्रविधिको विकास, जलवायु परिवर्तन, जनसाङ्खिकी परिवर्तनले विश्वको श्रम बजारलाई समेत नयाँ ढङ्गले प्रभावित पारेको बताए । उनले बढ्दो चुनौतीलाई समाधान गर्न विश्वव्यापी र देशभित्र नयाँ ढङ्गले अगाडि बढ्नुपर्ने आवश्यकता समेत औल्याए ।

    नेपाल सरकारले आगामी आवमा कम्तीमा थप पाँच लाख जनशक्तिलाई नयाँ रोजगारी पैदा गर्ने घोषणा गरेको उल्लेख गर्दै उनले यो सङ्घ, प्रदेश र स्थानीय सरकार तथा निजी र सहकारीको संयुक्त प्रयत्न र समन्वयमार्फत रोजगारीका अवसर सिर्जना गर्न सम्भव हुने बताए ।

    प्रतिक्रिया
    थप समाचार