Online Nepal मंगलबार, बैशाख ११ २०८१

एसीसी प्रिमियर कप : नेपालको पहिलो प्रतिद्वन्दी मलेसिया

एसीसी प्रिमियर कप : नेपालको पहिलो प्रतिद्वन्दी मलेसिया


मध्यान्तर
  • बिहिबार, चैत्र ९ २०७९

  • फाइल तस्बिर

    काठमाडौँ । आगामी अप्रिल १८ देखि मे २ सम्म नेपालमा आयोजना हुने प्रिमियर कपको खेल तालिका सार्वजनिक भएको छ ।

    एसीसी पुरुष प्रिमियर कपको पहिलो खेलमा नेपालले वैशाख ५ गते मलेसियासँग खेल्ने भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले बिहीबार घोषणा गरेको खेल तालिका अनुसार उद्घाटन खेलमा नेपालले मलेसियालाई प्रतिद्वन्दी पाएको हो । नेपालले टियु क्रिकेट मैदानमा मलेसियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । वैशाख ५ गतेबाट १८ गते सम्म संचालन हुने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल संचालन हुनेछ ।

    कुल २४ खेल हुने प्रतियोगिताको फाईनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ । नेपालमा आयोजना हुने यस प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहने छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

    समूह ‘ए’ मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् । हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफइनल खेल्ने छन् । सेमिफाइनलका विजेता राष्ट्रले फाइनल खेल्ने छ।    फाइनलको विजेता टोली एसीया कपका लागि छनोट हुनेछ । एसीया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ ।

    यस्तै शीर्ष तीनमा रहने टोली एसिया ईमर्जिङ कपका लागि छनोट हुनेछ ।

    प्रतिक्रिया
    थप समाचार