Online Nepal शुक्रबार, बैशाख ७ २०८१

ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु

ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु


मध्यान्तर
  • मंगलबार, चैत्र १४ २०७९

  • काठमाडौँ । ललितपुरको महांकालमा मोटरसाइकल दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको छ ।

    ललितपुरको महांकाल गाउँपालिका–१ बुखेल रातोपहिरोमा मंगलबार बा ३९ प ४८९९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ३५ वर्षीय विष्णुप्रसाद फुँयाल र उनकी ३४ वर्षीया श्रीमती सृजना फुँयालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा परी मृतकका ५ वर्षीया छोरी सृजला फुँयाल गम्भीर घाइते भएकी छन् । सृजनाको पाटन अस्पतालमा उपचार भइरहेको छ ।

    उनीहरु सवार उक्त मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ४ सय मिटर तल खसेको थियो ।

     

    प्रतिक्रिया
    थप समाचार