Online Nepal शुक्रबार, बैशाख ७ २०८१

यस वर्षको एसइई आजदेखि सुरू

यस वर्षको एसइई आजदेखि सुरू


मध्यान्तर
  • शुक्रबार, चैत्र १७ २०७९

  • काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरू भएको छ।

    विद्यार्थीहरू ८ बजेअघि नै तोकिएको परीक्षा केन्द्र पुगेका छन्। शुक्रबार बिहान ८ बजेदेखि परीक्षा सुरू भएको हो। एसईईका लागि करिब पाँच लाख विद्यार्थी सहभागी हुँदैछन्।

    एसइई परीक्षा नियन्त्रक कार्यलयका अनुसार देशभर गरी २ हजार ३६ परीक्षा केन्द्र र जापानमा १ गरी परीक्षा केन्द्र छ।

    रोजगारीका सिलसिलामा जापान पुगेका नेपालीका १४ जना सन्तानले जापानबाटै परीक्षा दिन लागेका हुन्।

    पत्रकारलाई पनि पनि परीक्षा केन्द्रका बाहिरको गतिविधिहरूको तस्बिर लिन पाइने तर परीक्षा सुरू भएपछि परीक्षा हलभित्र गएर तस्बिर लिन नपाइने व्यवस्था गरिएको बोर्डले जनाएको छ।

    एसईईमा ७८ हजार जनशक्ति परिचालन हुँदैछन्। परीक्षा आगामी चैत २९ गतेसम्म चल्नेछ।

     

     

    प्रतिक्रिया
    थप समाचार