Online Nepal मंगलबार, बैशाख ११ २०८१

मेयरको सट्टामा एसईई दिँदै गरेका नक्कली परीक्षार्थी पक्राउ

मेयरको सट्टामा एसईई दिँदै गरेका नक्कली परीक्षार्थी पक्राउ


मध्यान्तर
  • आइतबार, चैत्र १९ २०७९

  • काठमाडौं । रौतहटमा एसईई दिँदै गरेका नक्कली परीक्षार्थी पक्राउ परेका छन्।

    देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको सट्टामा एसईई दिंदै गरेका गरुडा-६ पोठियाहीका कमल साह पक्राउ परेका हुन ।

    मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ माविमा संचालन भइरहेको एसईईमा नियमिततर्फ सिम्बोल नं.३५०३७२८ का विद्यार्थी प्रेमलाल साह कानुको सट्टामा परीक्षा दिइरहेका कमल साहलाई परीक्षा अनुगमन गर्न गएको टोलीले पक्राउ गरेको हो ।

    पक्राउ परेका साह मेयरका ज्वाइ रहेको स्रोतको भनाइ छ । ससुराका सट्टामा परीक्षा दिइरहेका उनी इन्जिनियर हुन् ।

    परीक्षा सञ्चालन भइरहेको बेला अनुगमन टोलीलाई विद्यार्थीप्रति शंका लागेर चेकजाच गर्दा साह पक्राउ परेका हुन् ।

    प्रतिक्रिया
    थप समाचार