Online Nepal शुक्रबार, बैशाख २१ २०८१

बंगलादेशको बंगबजारमा आगलागी, नियन्त्रणमा लिन कठिनाइ

बंगलादेशको बंगबजारमा आगलागी, नियन्त्रणमा लिन कठिनाइ


मध्यान्तर
  • मंगलबार, चैत्र २१ २०७९

  • काठमाडौं । बंगलादेशको राजधानी ढाकास्थित बंगबजारमा आगलागी भएको छ । मंगलबार बिहान ६ बजेतिर लागेको आगो नियन्त्रणको प्रयास जारी छ ।

    आगो निभाउन ५० युनिटलाई परिचालन गरिएको र पानीको कमी लगायतका कारण नियन्त्रणमा लिन कठिनाइ भइरहेको ढाका ट्रिब्युनले जनाएको छ । इन्टर सर्भिसेज पब्लिक रिलेसन्स ९आईएसपीआर०ले आगो नियन्त्रणका लागि एक हेलिकोप्टरसहित बंगलादेशका स्थल र वायु सेनाको संयुक्त टोली समेत खटाएको छ ।

    प्रत्यक्षदर्शीका अनुसार केही ब्यापारीहरुले आफ्ना सामान बाहिर निकालेर सुरक्षित स्थानतर्फ गएको देखिए पनि केहीले आफ्ना सामान जोगाउन नसकेको समाचारमा उल्लेख छ ।

    बंगबजार बिभिन्न खालका कपडा पाइने बजारको रुपमा परिचित छ । त्यहाँ आगो लाग्नुको कारण खुलेको छैन । आगो तीव्ररुपमा फैलिएकाले मानिसको हताहती भएरनभएको पनि एकीन छैन । आगो निभाउनका लागि बजार क्षेत्र वरपरका सडकमा यातायात सेवा बन्द गरिएको छ ।

    बंगबजार हुँदै हाईकोर्ट चोकबाट गुलिस्तानतर्फ जाने सडक बन्द गरिएको छ । साथै गुलिस्तानदेखि उत्तर दक्षिणको सडक पनि बन्द छ । ढाका मेडिकल कलेज अस्पताल नजिकको फ्लाइ ओभरमा पनि यातायातका साधन सन्चालनमा रोक लगाइएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार