Online Nepal मंगलबार, बैशाख ४ २०८१

सुनको मूल्यमा नयाँ रेकर्ड ,कतिमा हुँदैछ कारोबार

सुनको मूल्यमा नयाँ रेकर्ड ,कतिमा हुँदैछ कारोबार


मध्यान्तर
  • बुधबार, चैत्र २२ २०७९

  • फाइल तस्बिर

    काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । रेकर्ड कायम गर्दै आज एकैदिन सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ११ हजार रुपैयाँमा पुगेको छ । यो मूल्य अहिलेसम्मको उच्च मूल्य हो । यसअघि ५ चैतमा उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन सुनको मूल्य प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो ।

    तेजाबी सुन प्रतितोला १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पनि सुनको मूल्य एक हजार रुपैयाँले बढेको थियो । सोही दिन छापावाल सुन प्रतितोला १ लाख ९ हजार र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य ४० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १४ सय ४० रुपैयाँमा रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा किनबेच भएको थियो ।

    प्रतिक्रिया
    थप समाचार