Online Nepal बुधबार, बैशाख १२ २०८१

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा सम्पन्न

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा सम्पन्न


मध्यान्तर
  • बुधबार, चैत्र २२ २०७९

  • काठमाडौँ । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको विशेष साधारण सभा बुधबार लैनचौर बैङक्वेट्स, लैनचौर,काठमाण्डौँमा सम्पन्न भएको छ ।

    विशेष साधारण सभामा सम्पूर्ण शेयरधनीहरुलाई र्हािर्दक स्वाग तगर्दै अध्यक्ष हेमराज ढकाल कम्पनीले निर्जीवन बीमाब जारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिको बारेमा बैठकलाई जानकारी गराए ।

    सभामा अध्यक्ष ढकालले हालको बीमाबजार तथा सोमानियमन निकायबाट चुक्ता पूँजी सम्बन्धी प्राप्त निर्देशनलाई मध्येनजर गरी आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड गाभ्ने/गाभिने (मर्जर)सम्बन्धीअ न्तिम सम्झौता भई सोही बमोजिम आजको विशेष साधारण सभा बोलाइएको जानकारी गराए । त्यसै गरी अध्यक्ष ढकालले दुवै कम्पनीको गाभ्ने÷गाभिने (मर्जर) सम्बन्धीप्रारम्भिक सम्झौतापत्र तथा DDA Report समेतको आधारमा शेयर अनुपात (Swap Ratio)क्रमश १ः१ कायम गरीदुवै कम्पनी गाभिए पश्चात बन्ने आइजीआई प्रुडेन्सिय लइन्स्योरेन्स लिमिटेडको चुक्तापूँजी ३ अरब २ करोड ९३ लाख ३४ हजार ६सय ३९ हुने र कम्पनी गाभिए पश्चात हुने कम्पनीको अन्त राष्ट्रिय, राष्ट्रिय, स्थानिय पहुँच, अनुभव, क्षमतलाई बढी भन्दा बढी उपयोग गरी ७ वटै प्रदेशमा रहने शाखा संजाललगायतडिजिटलकोमाध्यमबाट समेत उत्कृस्ट सेवाप्रदान गर्ने उद्देश्यले कम्पनीहरु एक आपसमा गाभिने निर्णय गरिएको जानकारी गराउनुभयो । नेपालमा रहेका २ उत्कृस्ट व्यवसायी घराना आइएमई ग्रुप र विशालग्रुप साथै संस्थासँग आवद्ध अन्यव्यावसायिक घराना सम्मिलित कम्पनीले भविष्यमा उत्कृस्ट व्यवसाय हासिल गरी शेयर धनीहरुलाई उचितप्रतिफल प्रदान गर्ने विश्वासव्यक्त गरे । सोही अवसरमा कम्पनीहरु गाभिए पश्चात बन्नने  कम्पनीको अधिकृत पूँजी ५ अरब र चुक्ता पूँजी ३ अरब २ करोड, शाखा संजाल ८४, कर्मचारी संख्या ५१७ हुने, त्यसै गरी व्यवसाय करिब ४ अरब हुने जानकारी समेत सभालाई गराए । त्यसै गरी नियमन निकायबाट निकट भविष्यमा सुरु हुन लागेका जोखिममा आधारित पूँजीे ( Risk Based Capital)को आधारमा व्यवसाय विस्तार गर्न पनि सहजहुने व्यहोरा समेत जानकारी गराए ।

    संस्था गाभिए पछि पूँजीगत आधार सुदृढ हुनेछ साथै कम्पनीको वित्तीय अवस्थ ाथप सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बन्ने र निर्जिवन बीमा क्षेत्रको विकास तथा बीमितको हकहित संरक्षणमा संस्था सफल हुनेछ । गाभिए पश्चात प्राविधिक र अन्य क्षमता, अनुभव र विज्ञता भएको मानव संशाधन एक आपसमा मिलेर संस्थालाई थप बल पुग्ने छ भने अनुभव आदान प्रदान भै गुणात्मक उपलब्धि हासिलहुँनेछ । जसले संस्थाको वित्तीय जग बलियो हुने, शेयर धनीहरूलाई उचित प्रतिफल प्रदानगर्दै पूँजी संरचना अनुसार गुणस्तरीय व्यवसाय गर्न कम्पनी सफल हुनेछ । गाभ्ने/गाभिने (मर्जर) कार्यले आगामीदिनमा शेयरधनीहरु तथा सम्पूर्ण सरोकारवालाहरू हालको तुलनामा बढी भन्दा बढी लाभान्वित हुने बारेमा सभालाई जानकारी गराए ।

    अन्तमा प्रचलि तकानून तथा नेपाल बीमा प्राधिकरण एवम अन्य नियम ननिकायद्वारा जारी निर्देशनहरुको पूर्ण पालना गरी संस्थागत सुशासनको मूल्य र मान्यतालाई मनन गरी गुणस्तरीय सेवा प्रदान गरी नेपालमा रहेका निर्जीवन बीमाकम्पनीहरु मध्ये उत्कृस्ट कम्पनी आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडलाई स्थापित गर्ने व्यहोरा समेत सभालार्इ जानकारी गराए । त्यसै गरी अध्यक्ष ढकालल ेयस विशेष अवसरमा दुवै कम्पनीका मर्जर कमिटिका संयोजक, शेयर धनी नेपाल बीमा प्राधिकरण लगायत सम्पूर्ण नियामकारी, बैँक तथ ावित्तीय संस्था, बीमा तथा पुनर्बीमा कम्पनी,दुवै कम्पनीका संचालक समितिका पधादिकारीहरु लगायत कर्मचारीहरुलाई समेत धन्यवाद ज्ञापन गरे ।

    प्रतिक्रिया
    थप समाचार