Online Nepal बिहिबार, बैशाख १३ २०८१

एसईईमा २०० भन्दा बढी नक्कली परीक्षार्थी प्रकाउ

एसईईमा २०० भन्दा बढी नक्कली परीक्षार्थी प्रकाउ


मध्यान्तर
  • बिहिबार, चैत्र २३ २०७९

  • फाइल तस्बिर

    काठमाडौँ ।   माध्यमिक शिक्षा परिषद (एसईई) २०० भन्दा बढी नक्कलि परिक्षार्थीलायई मोरङ प्रहरीले प्रकाउ गरेको छ ।

    मोरङमा तिन वटा परिक्षा केन्द्रमा अरुको नाममा परिक्षा दिने २०१ जना विधाद्र्यीलाइ मोरङ प्रहरीले प्रकाउ गरेको हो ।

    जिल्ला प्रहरी मोरङ का डिएसपिका अनुसार आज १९९ जना र हिजो बुधवार २ जनालाई प्रकाउ गरेको हो ।

    प्रहरीले ग्रामथान गाउँपालिका-२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट आज ५२ जनालाई नियन्त्रणमा लिएको हो । केराबारी गाउँपालिकामा रहेको सार्वजनिक माविबाट १ सय २७ जनालाई पक्राउ गरेको छ । त्यस्तै सुन्दरहैचाको जनता माबी बाट २० जना नक्कली परिक्षार्थी पक्राउ गरेको हो ।

    सामाजिक शिक्षातर्फ परीक्षा दिने क्रममा सार्वजनिक माविमा १ सय २७ जना विद्यार्थी पक्राउ परेका हुन् ।

    एसईर्ईको परीक्षामा नक्कली परीक्षार्थी प्रयोग गर्ने गिरोह नै सक्रिय रहेकाले अनुसन्धान सुरु गरेको प्रहरीले  जनाएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार