Online Nepal शुक्रबार, बैशाख २१ २०८१

जहाज चार्टर गरेर नेपाल घुम्न आए १८१ चिनियाँ पर्यटक

जहाज चार्टर गरेर नेपाल घुम्न आए १८१ चिनियाँ पर्यटक


मध्यान्तर
  • बिहिबार, चैत्र ३० २०७९

  • काठमाडौँ । नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाल भ्रमणमा आएका चिनियाँ पर्यटकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरिएको छ ।

    एउटै उडानबाट १८१ जना चिनियाँ पर्यटक काठमाडौँ आएका छन् । उनीहरू नेपाली नयाँ वर्ष मनाउन आज बिहान नेपाल आइपुगेका हुन् ।

    हिमालय एयरलाइन्सको जहाज चार्टर गरी पर्यटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएपछि आगमन कक्षमै पुगेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले स्वागत गरेका थिए । चिनियाँ पर्यटनलाई चिनियाँ राजदूत र नेपाल पर्यटन बोर्डका कर्मचारीले समेत स्वागत गरेको थियो ।

    ‘नयाँ वर्षको आगमनसँगै चिनियाँ पाहुनाहरूलाई नेपाल र नेपाली जनताका तर्फबाट भव्य स्वागत गरियो’, पर्यटन मन्त्रीले सामाजिक सञ्जालमार्फत भनेका छन् ‘भोलिदेखि नयाँ वर्ष मात्र होइन, नयाँ दशक प्रारम्भ हुँदै छ। मलाई विश्वास छ,यो दशक नेपालीहरूको लागि सुख र समृद्धिको दशक बन्नेछ ।’

    कोरोना महामारी पछि एकै पटक धेरै सङ्ख्यामा चिनियाँ पर्यटक भित्रिएको यो पहिलो भएको पर्यटन मन्त्रालयले जनाएको छ । पर्यटकहरुलाई नेपाली मौलिक बाजा पञ्चेबाजा बजाएर स्वागत गरिएको थियो । उनीहरुले नेपाल र चीनको झण्डा बोकेका थिए ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार