Online Nepal शुक्रबार, बैशाख ७ २०८१

सिड्नीबाट बन्यो ‘ न रिसाउंन….चर्चा बटुल्दै…॥

सिड्नीबाट बन्यो ‘ न रिसाउंन….चर्चा बटुल्दै…॥


मध्यान्तर
  • शनिबार, बैशाख २ २०८०

  • नेपाल रहंदाको सौख र मनको रहरलाई रवि बाबु कार्कीले प्रबासमा पुगेर पनि निरन्तरता दिइरहेका छन ।नेपाली गीत- संगीत भनेपछी हुरूक्कै हुने रवि बिगत १८ बर्षदेखी अष्ट्रेलियाको सिड्नीमा बस्दै आइरहेका छन । प्रबासको बसाइमा पनि रबिले नेपाली गीत – संगीत बिधामा जनाएको उपस्थिति र दिएको निरन्तरता कम छैन ।

    यसैबीच अष्ट्रेलियाबाटै रबिले आफ्नो प्रोडक्सनमा चौथो म्यूजिक भिडियो बजारमा ल्याएका छन । अष्ट्रेलियामा पर्सनल जिम ट्रेनरको रूपमा स्थापित रबिको यो पछिल्लो म्यूजिक भिडियोको यतिबेला खुलेर तारिफ गरिन थालिएको छ । रबि यो भिडियोको सर्जक मात्र होइनन, मोडल पनि हुन । भिडियो निकै मनमोहक र लोभलाग्दो बनेको छ ।

    रबिका पिता भक्तमान पनि राम्रा गीतकार हुन ।पिताको त्यो शालिन शैली र बिशेषतालाई अंगाल्दै अगाडि बढेका रबिलाई भिडियोमा महिला मोडलको रूपमा निशा भाटले साथ दिएका छन । गितमा शरद घिमिरे र बिराष्टको शब्द अनि गायन रहेको छ भने संगीत भने शरद घिमिरेले दिएका छन । भिडियोलाई आदित्यजंग राणाले निर्देशन गरेका छन ।

    प्रतिक्रिया
    थप समाचार