Online Nepal शनिबार, बैशाख ८ २०८१

भारतबाट बढेर आयो डिजेल र पेट्रोलको मूल्य

भारतबाट बढेर आयो डिजेल र पेट्रोलको मूल्य


मध्यान्तर
  • सोमबार, बैशाख ४ २०८०

  • काठमाडौँ । नेपाल आयल निगमले भारतबाट इन्धनको मूल्य बढेर आएको जनाएको छ ।

    हरेक १५/१५ दिनमा भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य सूची पठाउँछ । आईओसीले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल र डिजेलको मूल्य बढेर आएको निगमले जनाएको छ ।

    निगमका अनुसार पेट्रोल प्रतिलिटर करिब साढे ६ रुपैयाँ र डिजेल प्रतिलिटर करिब १ रुपैयाँ बढेर आएको हो । आयल निगमले हाल उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७५ तथा डिजेल १६५ रुपैयाँमा बिक्री गर्दै आएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार